२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

भ्रष्टाचार गरी करोडाैँ कुम्ल्याउने पूर्व प्रधानसेनापति क्षेत्रीलार्इ कारबाही गर्न सांसदको माग


४ असोज, काठमाडाैँ । नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कराेडाैँको सम्पत्ति अकुत अार्जन गरेको खुलासा भएको केहीदिनपछि प्रतिनिधिसभा बैठकमा कारबाहीको माग उठेको छ । बिहीबारको बैठकमा स्वतन्त्र संसद ह्रदयेश त्रिपाठी र नेकपाका संसद महेश बस्नेतले क्षेत्रीको अकुत सम्पत्तिको बारेमा छानिवन गरी कारबाही गर्नुपर्ने बताए ।

स्वतन्त्र सांसद ह्रदय त्रिपाठी विशेष समयमा बोल्दै

उनीहरूले क्षेत्रीको अकुत सम्पत्तिको बरेमा सञ्चार माध्यमले ठूलो तथ्यसहित समाचार प्रकाशन गरिसकेकाले यस विषयमा छानविन गरी कारबाही अघि बढाउन माग गरे । सांसद त्रिपाठीले क्षेत्रीको बारेमा संसद मार्फत सरकारको ध्यानाकर्ण गराउने काम गरे । यस अघि भदाै ३१ गते अाइतबार नेपाली सेनाको दोहन गरी क्षेत्रीले कराेडाैँको अकुत सम्पत्ति अार्जन गरेको थियो ।

क्षेत्रीको सम्पत्ति जोड्ने सिलसिला उपत्यकामात्रै खुम्चिएको छैन, मकवानपुर, चितवनसम्म फैलिएको तथ्यहरू प्रस्तुत भएका छन । क्षेत्रीको जगतपुरमा ३८ करोड मूल्यको ३ बिघा जग्गा छ । हेटौंडा उपमहानगरपालिका वडानम्बर ४ र ११ मा घरसहित २५ करोडको जग्गा छ । काठमाडौंको सामखुसीमा २० करोडको, विशालनगरमा १८ करोडको, हात्तिसारमा १३ करोडको, ललितपुरको धोबिघाटमा २० करोडको र ललितपुरकै तिखिदेवलमा ५ करोडको घरसहितको जग्गा पनि छ ।

नेकपका सांसद महेश बस्नेत संसदमा विशेष समयमा बोल्दै

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार १२:३०