१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

बढ्यो सुनकाे मूल्य, कति पुग्यो तोलाको ?


१४ मंसिर, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार  नेपाली बजारमा सुनको मूल्य बढेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।

बुधबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९७ हजार १०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।  कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीकाे मूल्य स्थिर रहँदै १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार ११:११