१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023

८ जनामा कोरोना संक्रमण पुष्टि, ३४ संक्रमित निको

१२ मंसिर, काठमाडाैं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  देशभर गरिएको ६ सय १५ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार ३७ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित निको भएका छन् । हाल नेपालमा २ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १५:४७

UniversityCollege.com