१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

एमालेले जित्ने भएपछि ज्ञानेन्द्र कार्कीले अनिश्चितकालका लागि रोके मतगणना (भिडियोसहित)


१० मंसिर, सुनसरी । चुनाव हार्ने निश्चित भएपछि नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आफैँले विवाद सिर्जना गरेर मतगणनाको काम अनिश्चितकालका लागि रोकेका छन । ज्ञानेन्द्र कार्कीको सत्ताको प्रभावमा परेको सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गरेको सूचना जारी गरेको छ ।

सर्वदलीय र सर्वपक्षीय छलफलमा कार्कीले विवाद झिकेका थिए ।कार्कीले मतगणनामा धाँधली गरेर आफूलाइ हराउन खोजिएको भन्दै आपत्ति जनाएका थिए । मतगणनाको क्रममा कांग्रेसको प्रभावक्षेत्र मानिनेन ठाउँहरूबाट अघि लाग्दा पनि कार्कीले लिड गर्न नसकेपछि विवाद झिकिएको थियो ।

विवाद झिक्नुअघिसम्मको मतगणनामा एमालेका उम्मेदवार  जगदीशप्रसाद कुसियैत ९८ मतले अग्रतामै छन । तर यसपछिको गणनामा निरन्तर पछि पर्ने कार्कीको विश्लेषण छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ९८ मतले अघि छन् । कार्कीले २३ हजार ४३९ र कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार ०७:४४