१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

९२ करोडकाे काराेबार हुँदा आज यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री


८ मंसिर, काठमाडाैं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा हरियाली आएको छ । चुनाव पछिका २ कारोबारमा सामान्य घटेको सेयर बजारमा आज भने सुधार देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५६ अकंले बढेर १९३३.५५ बिन्दुमा बन्द भएको छ । बिहिबार २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनेबेच हुदाँ ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँको कारोबार भएको छ ।

बिहिबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ७ करोड ६२ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, हिमालयन डिस्टलरीको ६ करोड ८० लाख ४० हजार रुपैयाँ, एनआइसी एशिया बैंकको २ करोड ९३ लाख ६ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ८१ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ७० लाख रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १५:१७