२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

१२१५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


१ मंसिर, काठमाडाैं । युनिलिभर नेपाल लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज मंसिर १ गते बिहीबार अन्तिम दिन रहेकाे छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ ।

त्यसैले, आज मंसिर १ गते, बिहीबार सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लाभांश प्रस्ताव सहित अन्य प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २० गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीकाे सभा होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ४ः३० बजेदेखि सुरूहुने छ ।

सभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १२१५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ११:०५