१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध


१ मंसिर, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०९:०८