२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सेनाको दोहन गरी पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कराेडाैँको अकुत सम्पत्ति जोडेको खुलासा


३१ भदाै, काठमाडाैँ । नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कराेडाैँको सम्पत्ति अकुत अार्जन गरेको खुलासा भएको छ । नेपाली सेनाको दोहन गरी क्षेत्रीले कराेडाैँको अकुत सम्पत्ति अार्जन गरेको अाजको नेपाल साप्ताहिकले उल्लेख गरेको छ । उसले अाजको कभर स्टोरी नै क्षेत्रीले अकुत अार्जनको विषयमा तयार गरेको छ । समाचारमा लेखिएअनुसार क्षेत्रीले आफ्नो कार्यकालमा नेपाली सेनाको दोहन गरेका छन् ।

नेपालले क्षेत्रीको सम्पत्ति जोड्ने सिलसिला उपत्यकामात्रै खुम्चिएको छैन, मकवानपुर, चितवनसम्म फैलिएको छ भन्दै तथ्यहरू प्रस्तुत गरेको छ । पत्रिकामा लेखिएअनुसार चितवनको जगतपुरमा ३८ करोड मूल्यको ३ बिघा जग्गा छ । हेटौंडा उपमहानगरपालिका वडानम्बर ४ र ११ मा घरसहित २५ करोडको जग्गा छ । काठमाडौंको सामखुसीमा २० करोडको, विशालनगरमा १८ करोडको, हात्तिसारमा १३ करोडको, ललितपुरको धोबिघाटमा २० करोडको र ललितपुरकै तिखिदेवलमा ५ करोडको घरसहितको जग्गा पनि छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आईतवार ०८:५५