१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जर्मन बुण्डेस लिगामा लिभर कुसेनलाई ३–१ ले पराजित गर्दै बायर्न म्युनिखको लगातार दोस्रो जित


३१ भदाै, काठमाडाैँ । बायर्न म्युनिख जर्मन बुण्डेस लिगामा विजयी भएको छ । शनिबार भएको खेलमा लिभर कुसेनलाई ३–१ गोलले पराजित गर्दै म्युनिखले लगातार दोस्रो जित हात पारेको हो ।

सुरुमै १ गोलले पछि परेको बायर्नले खेलमा पुनरागमन गरेको हो । लिभर कुसेनका लागि ५ औं मिनेटमा बेन्ड्लेले पेनाल्टी माफर्त गोल गर्दै अग्रता दिलाएका थिए । तर क्रोएसियन टिलेसोले १० औं मिनेटमा गोल गर्दै बायर्नलाई बराबरीमा ल्याएका थिए ।

यसैगरी १९ औं मिनेटमा आन्जे रोबेनले गोल गर्दै बायनलाई २–१ को अवस्थामा लगेका थिए । पहिलो हाफमा २–१ ले अघि रहेको बायनले दोस्रो हाफमा थप १ गोल गरेको थियो । ८९ औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आईतवार ०७:३२