१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

भारतलार्इ  २–१ गाेलअन्तरले हराउँदै साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई 


३० भदाै, काठमाडौँ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा सम्पन्न १२ औं साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि हात पारेकाे हाे।

सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए । समूह चरणमा भारतले माल्दिभ्सलाई २–० ले हराएको थियो ।

१२ अाैँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्काले एक/एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भूटान र पाकिस्तानले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । यस जितसँगै माल्दिभ्सले दुई पटक उपाधि हात पारेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार २१:५९