२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

देउवाले दोस्रो पटक प्रचण्डबाट धोका पाउँदै छन, माओवादी र समाजवादीलाई भोट हाल्दैनौँः नेता ढकाल


२० कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता लोकेश ढकालले नेकप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग दोस्रो पटक धोका खाने पालो प्रधानमन्त्री शेरबहादुर देउवाको रहेको बताएका छन । दैनिकी संवादमा कुरा गर्दै नेता ढकालले यस्तो बताएका हुन ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डसँग दुई पटक धोका खाएको सन्दर्भ उल्लेख गर्दै अब ओलीले अन्तिम पटक खाएको जस्तै धोका खाने पालो देउवाको रहेको बताए । शेरबहादुर देउवा प्रचण्डकै प्रस्तावमा पाँच वर्ष प्रधानमन्त्री हुने तपाईहरूको पार्टीकै प्रवक्ता डा प्रकाशरण महतले बताएका छन नि भन्ने प्रश्नमा जवाफ दिँदै ढकालले भने, ‘उहाँहरूले किन भनिरहनु भएको छ मैले बुझिन तर प्रचण्ड जस्तो जाली मान्छे अरू छैन् ।

ढकालले माओवादीको घोषणापत्र सुझाव दिँदै उनीहरूले अबको प्रधानमन्त्री प्रचण्ड भनेर प्रचार गरिएको बताए । त्यसरी प्रचार गरेका प्रचण्डले देउवालाई फेरि प्रधानमन्त्री बनाउन सहयोग गर्छन भनेर पत्याउन सकिने अवस्था नरहेको प्रष्ट पारे ।

उनले देउवालाई धोका दिन्छन ।’ ढकालले माओवादी र नेकपा एकीकृत समाजवादी केन्द्रका लागि भोट माग्न पनि नसकिने र हाल्न पनि नसकिने बताए । उनले व्यक्तिगत स्वार्थका गठबन्धनहरूको बारेमा आफूले धेरै नै पहिल्यैदेखि बिरोध गर्दै आइरहेको बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार २२:३१