२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

भारतले चिनी निकासीमा लगाएको प्रतिबन्ध थप १ वर्ष लम्ब्यायो


१३ कार्तिक। काठमाडौं । भारत सरकारले चिनी निकासीमा लगाएको प्रतिबन्ध २०२३ अक्टोबारसम्म लम्ब्याएको छ । गत शुक्रबार एक सूचना निकालेर भारतले चिनी निर्यात प्रतिबन्ध लम्ब्याएको हाे ।

 पछिल्लो ४ महिनादेखि भारतले चिनी निर्यात रोकेको थियो । अब त्यो प्रतिबन्धलाई भारतले थप १ वर्ष लम्ब्याएको छ । भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक र ब्राजिलपछि दोस्रो ठूलो निर्यातकर्ता हो। बंगलादेश, इन्डोनेसिया, मलेसिया र दुबई भारतीय चिनीको सबैभन्दा ठूलो खरिदकर्ता हुन्।

विश्व बजारमा भारतबाट चिनी निर्यात धेरै भएको र घरेलु बजारमा चिनीको मूल्य अकासिएको भन्दै सुरुमा निर्यात रोकेको थियो । नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार मेट्रिक टन चिनी आयात गर्दै आएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार १३:५३