२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

२६.३१ प्रतिशत लाभांश पारित गर्न सोल्टी होटलले बाेलायाे साधारण सभा, बुकक्लाेज कहिले ?


१३ कार्तिक, काठमाडाैँ । सोल्टी होटलले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । असाेज ३१ गते बसेकाे कम्पनीकाे संचालन समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ४८ औँ वार्षिक साधारण सभा पुस २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि समेत गरी २१.३१ प्रतिशत नगदसहित २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कम्पनीले पुस ७ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पुस ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार ११:५०