१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटको बेलकोटगढी १० का २२ परिवारले घण्टीमा भोट हाल्ने, अर्जुननरसिंह केसीलाई गम्भीर धक्का


३१ असोज, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा युवाहरूले बिद्रोह गरेका छन । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतमा आवद्ध रहेका युवाहरूले वर्षौदेखि आआफ्नो दलसँगको आवद्धता त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लाग्ने घोषणा गरेका छन ।

२२ परिवारका २२ सदस्य एकै ठाउँमा भेला भएर उनीहरूले एमाले, कांग्रेस र माओवादीले जनताको समस्यामा वेवास्ता गरेको बताए । उनीहरूले किसानको समस्या समाधान र पासाङल्हामु राजमार्ग बन्नुपर्ने आफ्नो मुख्य माग रहेको पनि बताएका छन । सोमबार स्वतन्त्र पार्टीमा लोग्नेमा अनेरास्ववियुका नेता किशोर ओलीदेखि तरूण दलका नेता बलराम भट्ट, राप्रपाका युवा नेता मनोहर पन्त र माओवादीका वडा कमिटीका उपाध्यक्ष कृष्ण तिवारी समेत रहेका छन ।

उनीहरूले मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्हमा मतदान गर्ने निर्णय नै गरेका छन । भोलिदेखि आफैैँ सहयोग संकलन गरेर घरदैलो अभियान चलाउने निर्णय भएको किशोर ओलीले दैनिकीलाइ जानकारी दिए । मनोहर पन्तलाई केहीअघिमात्र घर निर्माणको सम्पन्नताको प्रमाणपत्र माग्ना जाँदा माओवादी र कांग्रेस गठबन्धनको नेतृत्वको नगर प्रमुख र उपप्रमुखले आफ्नो कर्मचारीको गल्तीको बचाउ गर्दै मुद्दा हाल्न सुझाव दिएपछि युवाहरू विक्षिप्त बन्न पुगेका थिए ।

नियम अनुसार राजस्व समेत लिएपछि फरक राजनीतिक अस्थाको नागरिक भएको अवस्थामा नगरपालिका मेयर जगतबहादुर तामाङले समस्या समाधानको साटो उल्टो मुद्दा हाल्न जाउँभन्दै गलत व्यवहार देखाएको पीडित पन्तले सामाजिक सञ्जाल मार्फत सार्वजनिक नै गरेका थिए । प्रमुख दल र तीनका पात्रको यस्तै यस्तै गतिबिधिबाट आजित भैरहेका युवाहरूले सोमबार राति भेला नै गरेर यस्तो निर्णय लिएका हुन ।

उनीहरूको यस निर्णयले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसी र रामप्रसाद ढुंगानाले धक्का व्यहोर्ने भएका छन । बिद्रोहमा लागेका युवाहरू अधिकांश भन्दा बढी विगतको हिसाबमा गठबन्धन निकटका मानिन्थे तर अब उनीहरूले बाटो परिवर्तन गर्ने निर्णय लिएका छन । नुवाकोटको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार २३:०५