१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटमा ७५ वर्षका वृद्धदखि ३२ वर्षका युवासम्म चुनावी मैदानमा (सबै बिबरणसहित)


२४ असोज, काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनका लागि नुवाकोटमा ७५ वर्षका वृद्धदेखि ३२ वर्षका युवासम्म चुनावी मैदानमा होमिएका छन । नेपाली कांग्रेसका नेता ७५ वर्षका वृद्ध अर्जुननरसिंह केसीदेखि २६ वर्षका स्वतन्त्र उम्मेदवार विनोद तामाङसम्म चुनावी मैदानमा उत्रिएका छन । ७० कटेकै दुई जना जेष्ठ नागरिक उम्मेदवार भएका छन । केसीसहित ७२ वर्षका रामप्रसाद ढुंगाना चुनावी मैदानामा उत्रिएका छन ।

प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्रमा २९ र प्रदेश सभातर्फको चारवटा निर्वाचन क्षेत्रमा ३७ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको छ पदको लागि कूल ६६ उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा १८ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं १ को प्रदेश–१ तर्फ सातजना र प्रदेश–२तर्फ दश जनाले मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभातर्फ नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार उठाएर मनोनयन दर्ता गराएका छन् । अन्य पार्टी र स्वतन्त्र उम्मेदवारसमेत गरेर कूल १८ जनाको मनोनयन दर्ता भएको छ । नेकपा (एमाले)का तर्फबाट पार्टीका जिल्ला अध्यक्ष एवं पूर्व प्रदेश सांसद बद्री मैनालीको उम्मेदवारी दर्ता भएको छ भने सत्तारुढ गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा पूर्व सांसद तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङको  उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै क्षेत्र नं १ को प्रदेश–क तर्फ सात उम्मेदवारले मनोनयन दर्ता गराएका छन । नेकपा (एमाले)ले गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस त्यागेर पाटी प्रवेश गरेका सुशील खड्कालाई उम्मेदवार बनाएको छ । सत्तारुढ गबठन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रले बागमती प्रदेशसभाका पूर्वउपसभामुख तथा पूर्वकृषि विकास राज्यमन्त्री राधिका तामाङलाई उठाएको छ । त्यस्तै प्रदेश ख मा एमालेले पूर्णलाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले कांग्रेस जिल्ला सभापति रमेश महतलाई उम्मेदवार बनाएको छ ।

नुवाकोटको क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा ११ जनाले मनोनयन दर्ता गराएकामा नेकपा (एमाले)ले नारायणप्रसाद खतिवडालाई उठाएको छ भने सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसले अजुर्ननरसिंह केसीलाई उठाएको छ । त्यस्तै प्रदेश- क मा एमालेबाट बागमती प्रदेश कमिटीका अध्यक्ष एवं सोही क्षेत्रका पूर्व सांसद केशवराज पाण्डे, कांग्रेसले गीता अमात्य, माओवादीले रामप्रसाद ढुंगाना र समाजवादीले राजेन्द्र प्रकाश लोहनीलाइ उम्मेदवारको रूपमा खडा गरेको छ । त्यस्तै प्रदेश-खमा एमालेका विजयसिंह लोप्चन, कांग्रेसका बहादुरसिंह लामा र माओवादीकी राममाया बोगटी उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १३:५३