१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटमा कांग्रेस र माओवादीले सहमति तोडे, उम्मेदवारी दिन गएका समाजवादीका नेता ट्वाँ


२३ असोज, नुवाकोट । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नुवाकोटमा गठबन्धन तोडेका छन । दुबै दलले नेकपा एकीकृत समाजवादीलाई टुहुरो पार्दै गठबन्धन तोडेका हुन ।

गठबन्धनको केन्द्रमा भएको सहमति अुनसार नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १, सोही क्षेत्रको  प्रदेशसभा क र नुवाकोट २ को प्रदेशसभा खमा माओवादी केन्द्र, निर्वाचन क्षेत्र १ ख र नुवाकोट २ मा नेपाली कांग्रेस र २ को कमा नेकपा एकीकृत समाजवादीको उम्मेदवारी हुने सहमति भएको थियो ।

तर कांग्रेस र माओवादीले समाजवादीलाई धोका दिँदै नुवाकोट २ मा कांग्रेस २ को कमा माओवादी र २ को खमा कांग्रेसको उम्मेदवारी दिने तयारी गरेका छन । योसँगै २ को क मा गठबन्धनको उम्मेदवार बन्न गएका समाजवादीका पोलिटब्यूरो सदस्य राजेन्द्र लोहनी ट्वाँ परेका छन ।

कांग्रेस र माओवादीले २ मा अर्जुननरसिंह केसी, सोही क्षेत्रको प्रदेश १ मा माओवादीका बागमती प्रदेश उपाध्यक्ष रामप्रसाद ढुंगाना र ख मा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उम्मेदवार बनाउने तयारी गरेका छन । कांग्रेसमा खाली टिकट पनि नुवाकोट आइपुगेको हल्ला चलेका कारण अन्तिमसम्म अझै उम्मेदवार फेरबदल हुने सम्भावना पनि उत्तिकै रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १२:१८