१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोट अमेरिका सम्पर्क समितिको दसैँको शुभकामना अदानप्रदान गर्न भर्चुवल कार्यक्रम


१७ असोज, अमेरिका । नुवाकोट अमेरिका सम्पर्क समितिले भर्चुवल रूपमा दसैँको शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । जुम मार्फत दसैँको शुभकामना आदानप्रदान गरिएको समितिका सभापति विज्ञान खनालले जानकारी दिए ।

समितिका सबै सदस्यको उपस्थितिमा भएको शुभकामना आदनप्रदान कार्यक्रममा नुवाकोटमा सामाजिक गतिबिधिलाई थप तीव्र बनाउने विषयमा कुरा भएको समितिका प्रचार विभाग प्रमुख जनकराज ढुंगानाले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार ०५:४१