१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हामीलाई चुनाव जिताए भ्रष्टाचारीको भागाभाग हुन्छः कविन्द्र बुर्लाकोटी (भिडियो)


१७ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना उम्मेदवारहरूले चुनाव जितेर सरकार बनाउने अवस्था आए भ्रष्टाचारीहरूको भागाभाग हुने बताएका छन । दैनिकी संवादमा माधवप्रसाद तिवारीसँग कुरा गर्दै सहमहामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचारविरूद्ध कठोर नीति लिएर अघि बढ्ने बताए । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार समेत बन्न लागेका बुर्लाकोटीले देशको कुन निकायमा कसरी भ्रष्टाचार हुन्छ भन्ने विषय पहिचान भैसकेका कारण आफ्नो पार्टीले त्यसलाई नियन्त्रण गर्न महत्वपूर्ण काम गर्ने बताए ।

उनले  अब देश बनाउने जिम्मा युवा काँधमा आएको पनि बताए । बुर्लाकोटीले गाउँगाउँमा युवाहरूको पलायन रोकेर हरेक गाउँलाई विभिन्न खालका उत्पादनमा आत्मनिर्भर बनाउँदै पुरै देशनै समृद्ध बनाउन सकिने बताए । उनले नेपालको व्यवस्था परिवर्तन भएको भए पनि नागरिकको अवस्थामा परिवर्तन आउन नसकेको बताए ।

सहमहामन्त्री बुर्लाकोटीले राज्य र नागरिक दुबै रेमिट्यान्समा निर्भर रहेको बताउँदै अब त्यसैगरीामत्र नेपाल चल्न नसक्ने बताए । उनले शिक्षामा नीतिगत सुधार गर्नेदेखि कृषिको आधुनिकीकरण गरेर त्यसको व्यवस्थित बजारिकरण गर्नुपर्ने बताए । बुर्लाकोटीसँगको कुराकानी तलको लिंकमा सुन्न र हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार ०४:०९