१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तीन जीवन बीमा कम्पनीको लाभांश प्रस्ताव, कुनको कति ?


१५ असाेज, काठमाडाैं । तीन जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।  नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।

तीन जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ र नेशनल लाइफले समान १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । यस्तै नेशनल लाइफले १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत (कर प्रयोजनको लागि) नगद लाभांश प्रस्ताव गरेको छ । नेपाल लाइफ र नेशनल लाइफले लाभांश प्रयोजनको लागि बुक क्लोज मिति भने तोकेको छैन् ।

कम्पनीले लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेको थियो । त्यस अनुसार असोज २ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार १५:०१