२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

पुरस्कारको राशी ठूलो हुन्छ तर खाममा पैसा हुँदैनः राधेश्याम लेकाली


१५ असोज, काठमाडौँ । वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले ठूला राशीका कतिपय पुरस्कारका खाम खाली हुने गरेको खुलासा गरेका छन । शनिबारको साहित्य विशेष दैनिकी संवादमा माधवप्रसाद तिवारीसँग कुरा गर्दै साहित्यक पत्रकार संघको अध्यक्ष समेत रहेका लेकालीले यस्ता विकृतिको अन्त्यका लागि भण्डाफोर गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष समेत रहेका लेकालीले पुरस्कार र सम्मानका नाममा पनि कतिपय विकृतिहरू रहेको बताए । उनले दसैँमा यो र त्यो किताब पढ्ने भनेर सामाजिक सञ्जालमा हुने प्रचारलाई नाटकको संज्ञा दिए ।उनले किताब पढ्ने काम दसैँमा हैन हरेक दिन समयको व्यवस्थापन गरेर गर्नुपर्ने बताए ।

दसैँमा सबैजसो आफन्त साथीभाइको भेटमा रमाउने र त्यस्तो बेलामा पढ्ने वातावरण कम हुने भन्दै उनले पढ्ने संस्कृतिको विकासका लागि दैनिक समयको व्यवस्थापन हुनुपर्ने बताए । लेकालीसँगको कुराकानी तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार १३:१३