१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मध्यरातमा सकिएको एमाले सचिवालयले तयार गर्यो उम्मेद्वारको सूची


१४ असोज, काठमाडौँ । मध्यरातमा सकिएको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारहरूको सूची तयार गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको बैठकले राति १ बजेसम्ममा केही जिल्ला बाहेकमा उम्मेदवारको अन्तिम टुंगो लगाएको हो ।

एमालेले ताप्लेजुङ, रूपन्देही लगायतका जिल्लाबाहेकमा उम्मेदवारको टुंगो लागेको छ । एमाले प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङले सबैजसो क्षेत्रमा उम्मेदवारको अन्तिम टुंगो लागेको बताउँदै सूचीचाहिँ केही दिनमा सार्वजनिक हुने बताए ।

साँझ ५ बजे सुरू भएको एमाले बैठक मध्यरातको १ बजे सकिएको थियो । स्थानीय रूपमा राप्रपा र लोसपासँग तालमेल हुन सक्ने सम्भावित क्षेत्रबाहेकमा निर्णय भएको बुझिएको छ । पर्सीसम्ममा सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने एमालेले तयारी गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०८:०६