२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

नुवाकोट २ मा स्वतन्त्र पार्टीबाट वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेको उम्मेदवारी


१३ असोज, नुवाकोट । वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन । बिहीबार नुवाकोटको भैरवी मन्दिरमा पूजाअर्चना गरेर पाण्डेले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

पाण्डेले नुवाकोट दरबारक्षेत्रका स्थानीयलाई साक्षी राख्दै राष्ट्रिय स्तन्त्र पार्टीबाट नुवाकोट २ को प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी रहने जानकारी दिए । उनले यस विषयमा पार्टीले चाँडै नै निर्णय गर्ने पनि बताए ।

पाण्डे दरबार क्षेत्रकै स्थानीय हुन । कालु पाँडेका सन्तान उनी पर्यटनमा कहलिएका व्यक्ति हुन । नुवाकोटका जनताका लागि सुमन परिचन अनुहार नै हुन । पाण्डेको उम्मेदवारीले गठबन्धनको उम्मेदवार समस्यामा पर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार २३:११