१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पहिलो हुने विजयी बन्ने निर्वाचनका लागि उम्मेदवार तय गर्न एमाले सचिवालय बस्दै


१३ असोज, काठमाडौँ । पहिलो हुने विजयी बन्ने निर्वाचनका लागि उम्मेदवार तय गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्ने एमालेले जनाएको छ ।

असोज १६ भित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने विजयी हुने निर्वाचन प्रणालीमा सहभागी हुने उम्मेदवारको टुंगो लगाउने बताउँदै आएको एमालेको बैठकले उम्मेदवारीका विषयमा निर्णय लिने बताइएको छ ।

बैठक दिउँसो ३ बजे बस्नेछ । निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०८:०४