१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बामदेवलार्इ सांसद बनाउने प्रक्रिया तत्कालका लागि स्थगित, राज्यमन्त्री बुढाले राजिनामा नदिने


२६ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता बामदेव गाैतमलार्इ सांसद बनाउने प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । डोल्पाका सांसद धनबहादुर बुाढालार्इ राजिनामा गराएर सांसद बन्ने प्रयत्ननमा लागेका गाैतमको बाटोमा अबरोध देखिएको छ । डोल्पाका पार्टी कार्यकर्ता र नेताको दबाबमा बुढाले तत्काल राजिनामा नदिने बताएका छन ।

पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका हुन । सांसद बुढा सुरुमा राजीनामा दिएर वामदेवका लागि ठाउँ खाली गर्न सकारात्मक देखिएका थिए । उनी ‘वामदेवको पक्षमा माहोल बनाउने’ भन्दै जिल्ला पनि गएका थिए ।

तर, काठमाडौं फर्केपछि उनी ‘मतदाताको दबाबका कारण’ राजीनामा नदिने निष्कर्षमा पुगेको अाजको नयाँपत्रिका दैनिकले समाचार लेखेको छ ।  काठमाडौंमा रहेका डोल्पाली युवाले पत्रकार सम्मेलन नै गरेर राजीनामा नदिन थप दबाब दिए । उनीहरूले राजीनामा दिए मत बहिष्कार गर्नेसम्मको धम्की दिएपछि बुढा पछि हटका हुन ।

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलवार १०:३८