१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ओएनएफ अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्वर ५-६ काठमाडौँमा हुँदै


१० असोज, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटी प्रथम अधिवेशन नोभेम्वर ५-६ काठमाडौंमा हुने भएको छ । मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेका अनुसार बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा हुने अधिवेशनमा मनोनित समेत विश्वका ३७ राष्ट्रबाट ३३७ जना प्रतिनिधिहरु सहभागी हुने छन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्धघाटन हुने अधिवेशनले विश्व भरिको मञ्चको कामको समिक्षा गर्दै आगामी चार वर्षका लागि नयाँ नेतृत्वको समेत चयन गर्ने छ । अधिवेशनको बन्द सत्रमा राजनीति, सांगठनिक र आर्थिक प्रतिवेदन पेश गर्ने र छलफलद्वारा पारित गरिने सचिव पाण्डेले बताए ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले पोखरामा जोडेको अक्सिजन प्लान्टको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री केपी शर्मा ओली ।

दैनिकीसँग कुरा गर्दै सचिव पाण्डेले ओएनएफको अन्तर्राष्ट्रिय कमिटी निर्माण भए पछि संस्थाको उद्देश्य अनुसार विश्वभरि रहेका ओएनएफका राष्ट्रिय कमिटीहरुलाई एकिकृत गर्दै मातृभूमिको सेवा क्रियाशिल रहेको बताए । उनले गत कोरोना संकटका बेलामा विश्व भरिबाट संकलित रकमबाट गण्डकी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सफल भएको बताए ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले पोखरामा जोडेको अक्सिजन प्लान्टको ।

विगतमा विभिन्न देशका राष्ट्रिय कमिटीहरुले मातृभूमिमा विभिन्न क्षेत्रमा काम गरे पनि नदेखिएको तर एकिकृत रुपमा गरे पछि देशबासीले प्रवासीको भुमीका अनुभुती गरेको बताए । पाण्डेले आगामी दिनमा पनि संवृद्ध नेपालका आफ्नो एकिकृत भुमीका रहने बताए ।

सम्वन्धित राष्ट्रमा नेपाली समुदायको हितमा काम गर्ने र मातृभुमीको संबृद्धीका भुमिका खेल्नु नै ओएनएफको उद्देश्य रहेको समेत बताए । उनले अन्तर्राष्ट्रिय अधिवेशमा यस विचको भएका यस्तै कामको समिक्षा गर्दै नयाँ नेतृत्व निर्माणसंगै आगामी कार्य योजना समेत निर्माण गर्ने समेत बताए । यसै गरि अक्टोवर २ आइतवार पुर्व प्रधानमन्त्री तथा नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवासमा रहेका नेपालीहरुलाई विशेष सम्बोधन सहित दशै तिहारक उपलक्ष्यमा शुभकामना दिने भएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १४:२९