१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपालीलाई रेल सपना देखाउने केपी ओलीको नेपाली रेलमा पहिलो यात्रा (फोटोफिचर)


८ असोज, जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा किनिएको रेल चढेर शनिबार धनुयामा यात्रा गरेका छन । उनले टिकट काटेर नै शनिबार यात्रा गरे । नेपालीलाई रेलको सपना देखाएका उनले त्यो सपना पूरा गरे ।

विसं २०७२ मा पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै ओलीले नेपालीलाई रेलको सपना देखाएका थिए । २०७४ सालसम्म त नेपालको आफ्नै रेल हुन्छ भनेर ओलीले भाँषण गर्दा नेपाली कांग्रेस लगायतका दलले कार्यकर्ता सडकमा उतोर कागजको रेल बनाएर व्यंग्य गरेका थिए ।

जनकपुर-जयनगर रेलमार्गमा नेपाली रेलमै चढेर ओलीले शनिबार खुशीसाथ यात्रा गरे । ओलीले पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार गरेर कार्यान्वयनमा लगि सकेका छन । यद्यपी पछिल्लो समय उक्त कामले गति लिन सकेको छैन् । शनिबार रेल चढेका ओलीको गतिबिधि तस्बीरमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १७:१३