१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिड्नीमा नोभेम्वर १९ मा नेपाल फेस्टिवल हुँदै, उच्च राजनीतिक नेतृत्वलाई सहभागी गराउने तयारी


७ असोज, अष्ट्रेलिया । सिड्नीमा नोभेम्वर १९ मा नेपाल फेस्टिवल हुदै, उच्च राजनीतिक नेतृत्वलाई सहभागी गराउने तयारी
अष्ट्रेलिया।गैर आवासिय नेपाली संघ(एनआरएनए) न्यु साउथ वेल्स राज्य समिति अष्ट्रेलियाको आयोजनामा नोभेम्वर १९मा सिड्नीको वरउड पार्कमा नेपाल फेस्टिवल २०२२ हुने भएको छ ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्य समिति संयोजक देव गुरुङले यस पटक अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नै सहभागी गराउने प्रयास थालिएको तर प्रधानमन्त्रीको समय अभाव भएर अनुपस्थित रहे पनि अध्यागमन, नागरिकता र बहुसांस्कृतिक मामिला मन्त्री एन्ड्रयू गिल्स लगायतका संघिय सरकारका मन्त्री तथा न्यु साउथ वेल्स सरकारका उच्च तहको सहभागी हुने बताए । गुरुङले नेपालीहरु समुदायको अष्ट्रेलियामा उपस्थिति बढे संगै सरकार तथा दलहरुले चासो लिन थालेको बताए ।

नेपाली भाषा, कला, संस्कृतीको पहिचान प्रदर्शन गर्दै नेपालमा पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले हरेक दुई बर्षमा अष्ट्रेलियाको मुख्य शहरहरुमा आयोजना गरिदै आएको नेपाल महोत्सव न्यु साउथ वेल्समा यस पटक सीडनीको बरउड पार्कमा हुन लागेको हो ।बिगत बर्षहरुमा सिड्नीको मुख्य केन्द्रमा डार्लिङ हार्वरमा आयोजना हुदै आएको नेपाल महोत्सव यस पटक फरक र अलग ढंगका साथ मुख्य शहरवाट बाहिर फराकिलो स्थान बरउड पार्कमा आयोजना हुन लागेको संयोजक देब गुरुङले बताए ।

मुख्य प्रायोजक क्विन्सफड कलेज रहेको फेस्टिवलको अनुमानित बजेट एक लाख चालिस हजार अष्ट्रेलियन डलर रहेको एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताए । जस मध्ये मल्टिकल्चर न्यु साउथ वेल्सबाट पन्ध्र हजार अष्ट्रेलियन डलर प्राप्त गरेको समेत जनाए |

कोषाध्यक्ष पोखरेलले कार्यक्रम दुई चरणमा हुने जसमा पहिलो चरणमा उद्घाटन हुने र दोस्रोमा सांस्कृतिक कार्यक्रम हुने बताए । राष्ट्रिय कोषाध्यक्षका रुपमा अष्ट्रेलियाका सबै राज्यका नेपाल फेस्टिवलहरुमा प्रत्यक्ष रुपमा क्रियासिल रहेका पोखरेलले सांस्कृतिक कार्यक्रमका लागि नेपालका लोकप्रिय कलाकार दिपक बज्राचार्य र रिदम व्याण्ड आउने बताए । दिपक बज्राचार्यको टिमले यस पटक अष्ट्रेलियाका चार राज्यका नेपाल फेस्टिवलमा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएका छन् ।

फेस्टिवल सफल बनाउनका लागि देव गुरुङ संयोजक, अनिल पोखरेल र स्विकृती भट्ट सहसंयोजक, विनोद कुवर सचिव र भावना श्रेष्ठ कोषाध्यक्ष रहेको मुल व्यवस्थापन समिति गठन गरेको छ । त्यसै गरि फेस्टिभवका लागि ओशियाना महिला संयोजक उषा बारीया पोखरेलको संयोजकत्वमा सांस्कृतीक समिती, राष्ट्रिय सचिब संन्ध्या शाहको संयोजकत्वमा परेड, राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेलको संयोजकत्वमा विज्ञापन तथा कार्यक्रम स्थल व्यवस्थापन, एनएसडब्लु उपाध्यक्ष स्वीकृती भट्टको संयोजकत्वमा नेपाल हाउस, सचिब बिनोद कुवरको संयोजकत्वमा आइटी समिती, बिक्रम दाहालको संयोजकत्वमा स्टेज व्यबस्थापन लगायतको टिम बनाइएको जनाइएको छ ।

दैनिकी संग कुरा गर्दै संयोजक गुरुङले नेपाल र नेपाली कला संस्कृति यहा रहेका बहुसांस्कृतिक विश्वलाई चिनाउने र अष्ट्रेलियामा हुक्दै गरेको नयाँ पुस्तालाई समेत हाम्रो मौलिक संस्कृति वारे जानकारी दिने उद्देश्य रहेको बताए । उनले बरउड क्षेत्र नेपाली समुदायको बसोबासका हिसावले महत्वपुर्ण भए संगै विश्वका विभिन्न देशबाट आएका प्रवासीहरुको वरिपरि घना उपस्थिति रहेकाले नेपाललाई विश्व समुदाय विच परिचय गराउने एनआरएनएको उद्देश्य पुराहुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १९:०२