१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एसएसपी थापालाई सशस्त्र प्रहरीको प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी


७ असोज, काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई दिईएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा भए पश्चात बरिष्ठ उपरीक्षक थापालाई उक्त जिम्मेवारी दिईएको हो ।

सशस्त्र प्रहरी बलसँग सम्बन्धित सूचना तथा जानकारीको लागि थापालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने सशस्त्रले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ११:५४