१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिटिजन्स इन्टरनेसनल बैंकले ९ प्रतिशत नगद लाभांश दिने


७ असोज, काठमाडाैँ । सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । यो संगै सिटिजन्स बैंक इन्टरनेसनल आर्थिक वर्ष २०७८।७९ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।

बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ११:३०