२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

बैंकमा निक्षेपको बाढी, एकैदिन १६ अर्बले बढ्यो


७ असोज, काठमाडाैँ । एकै दिनमै बैंकहरूको निक्षेप संकलन १६ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ४ गतेसम्म बैंकहरूको निक्षेप ५० खर्ब ९० अर्ब रूपैयाँ रहेको थियो । असोज ५ गते एकै दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६ अर्बले बढेर कुल निक्षेप ५१ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।

सोहि अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १६ अर्बले बढेर ४५ खर्ब ४ अर्ब पुगेको छ । बैंकहरूको कर्जा प्रवाह पनि १ अर्बले बढेर ४७ खर्ब २३ अर्ब रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी १ अर्बले बढेर ४१ खर्ब ८५ अर्ब रूपैयाँ पुगेको छ । यो अवधिमा बैंकहरूको सीडी रेसियो ८७.५९ प्रतिशतबाट घटेर ८७.३० प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १०:५३