१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

म नुवाकोट १ मै चनुव लड्छु, समानुपातिकमा मैले भनेर नाम राखेको होइनः महत


५ असोज, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आफू नुवाकोट १ बाटै चुनाव लड्ने बताएका छन । बुधबार बिहान नुवाकोट १ कांग्रेसले छाड्न नहुने भन्दै भेट्न आएका कार्यकर्तासँग डा महतले आफूले पार्टी नेतृत्वसँग पनि निरन्तर नुवाकोट १ मै चुनाव लड्ने चाहना व्यक्ति गरिरहेको र संयोगवस कसैको भेट भए आफ्नो कुरा पनि गरिदिन अनुरोध गरेका छन ।

उनले नुवाकोटमा विकासको स्वरूप नै नबनेको भन्दै त्यसका लागि आफूले काम गर्न मन लागेको बताएका छन । उनले आफू समानुपातिक सूचीमा रहरले नबसेको तर नेताहरूले राखेको बताउँदै १६ गतेसम्म संशोधन गर्ने मिल्ने भएकाले टिकटका लागि लागिदिन कार्यकर्तालाइ पनि अुनरोध गरे ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १३:४८