१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

४ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


४ असाेज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

हिजो (सोमबार) सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा ५ रुपै४ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको याँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार ११:४१