१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अरुण काबेली हाइड्रोपावरले घोषणा गर्यो लाभांश


४ असाेज, काठमाडौं । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ का लागि लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी १२ औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार ११:३१