२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो


३१ भदाै, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आज मूल्य घटेर आएको हो ।

नेपाल आयल निगमलाई आईओसीले घटेको मूल्यसूची पठाएको छ । आजबाट लागू गरी पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको छ । यस्तै डिजेलको मुल्य प्रतिलिटर ४४ पैसा घटेर आएको हो । हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १५:१६