२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

सन्दीप लामिछाने अध्यागमनकाे कालोसूचीमा


२६ भदाै, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ । गत मंगलबार बलात्कार आरोपमा जाहेरी परेसँगै राष्ट्रिय टिमबाट निलम्बनमा परेका उनलाई अध्यागमनले कालोसूचीमा राखेको हो ।

हाल विदेशमा रहेका उनलाई विमानस्थलबाटै पक्राउ गर्नका लागि कालोसूचीमा राखिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले भदौ २३ मा अनुमति दिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १५:०६