१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन कार्तिकमा, उमेर हद लागू नहुने


२४ भदाै, काठमाडाैँ । नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन कार्तिकमा हुने भएको छ । शनिबार  पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संघ केन्द्रीय समितीकाे बैठकले अधिवेशनको मिति तय गरेको हो। बैठकले कात्तिकको १६, १७ र १८ गते महाधिवेशन गर्न प्रस्ताव गरिएको छ।

भाद्र २ मा कार्यकाल सकिएको वर्तमान नेतृत्वले उक्त समयसीमाभित्र महाधिवेशन आयोजना गर्न नसकेपछि मंसिर २ सम्मलाई समय दिइएको थियो। नेविसंघको विधानका अधिकांश विषयमा सहमति जुटेपछि महाधिवेशनको मिति तोकिएको हो ।  उमेर हदकाे विषयमा भने विद्यार्थी नेताहरुले खुला व्यवस्था राखेका छन्। ३२ वर्षे उमेर हदमा विवाद हुँदै आएको थियो।

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार ०७:०१