२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा सहभागी हुँदा ८४ लाखकाे बीमा सुविधा


२७ असार, काठमाडाैँ । एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा सहभागी हुँदा ८४ लाखकाे बीमा सुविधा पाइने भएको छ । एनआईसी एशिया बैंकले निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा ८४ लाख सम्मकाे बीमा समेत उपलब्ध भएकाे जनाएको छ ।

यस याेजनाअन्तर्गत न्युनतम १० हजारमा खाता खाेल्न सकिने बैंकले जनाएकाे छ । बैंकले निक्षेप रकम र पाकेकाे ब्याज रकमकाे धिताेमा ९० प्रतिशतसम्म कर्जा लिन सकिने जनाएकाे छ । यस्तै उक्त बचत याेजनामा ५ लाखसम्मकाे निशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने समेत बैंकले जनाएकाे छ । योजनाको विभिन्न प्रकारहरूलाई निम्नानुसार तालिकामा देखाइएको छः

योजना व्यक्तिगत संस्थागत रेमिट्यान्सः
२ गुणा ६ वर्ष ४ महिना २५ दिन ७ वर्ष २ महिना २७ दिन ५ वर्ष १० महिना १४ दिन
३ गुणा १० वर्ष २ महिना १४ दिन ११ वर्ष ८ महिना ९ दिन ९ वर्ष ४ महिना १० दिन
४ गुणा १२ वर्ष ११ महिना २ दिन १४ वर्ष १० महिना २९ दिन ११ वर्ष १० महिना ७ दिन
५ गुणा १५ वर्ष ० महिना १३ दिन १७ वर्ष ५ महिना ९ दिन १३ वर्ष ९ महिना १५ दिन
६ गुणा १६ वर्ष ९ महिना ६ दिन १९ वर्ष ६ महिना ७ दिन १५ वर्ष ४ महिना १७ दिन
७ गुणा १८ वर्ष २ महिना २४ दिन २१ वर्ष ३ महिना १३ दिन १६ वर्ष ८ महिना २१ दिन
८ गुणा १९ वर्ष ६ महिना १ दिन २२ वर्ष ९ महिना २६ दिन १७ वर्ष १० महिना २० दिन
९ गुणा २० वर्ष ७ महिना १५ दिन २४ वर्ष २ महिना ५ दिन १८ वर्ष ११ महिना १ दिन
१० गुणा २१ वर्ष ७ महिना १७ दिन २५ वर्ष ४ महिना २३ दिन १९ वर्ष १० महिना २ दिन

एनआईसी एशिया बैंकले निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना असार १२ गते सार्वजनिक गरेको थियो । असार मसान्तसम्मकोलागि लागू हुने यस योजनामा ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा १० लाख निक्षेप गर्दा १ करोड रूपैयाँ पाइनेछ ।

एनआईसी एशिया व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकहरू लक्षित गरेर ल्याइएको यस योजनामा देश एवं विदेशमा बसेकाहरू एवं विभिन्न संस्थाहरूले रूची, चासो र सहभागिता देखाएको जनाएको छ । आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई अघि सारेको जनाएको छ ।

यस योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १३:२०