२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

साफ यू–१७ : नेपालले भारतलाई ३–१ गाेलले हरायाे


२४ भदाै, काठमाडाैं । १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएकाे छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएकाे खेलमा नेपालले भारतलाई ३–१ गाेलले हराएाे हाे ।

नेपालकाे जितमा सराेज दर्लामी, उनेश बुढाथाेकी र सुवास बमले १–ए१ गाेल गरे । भारतका लागि ड्यानी मेतीले गाेल गरे । १–० ले पछि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे ।

याे जितसँगै समूह ‘बी’ मा नेपाल दुई खेलमा ६ अङ्कसहित समूह विजेता बनेकाे छ भने भारत दुई खेलमा तीन अङ्क जाेडर उपविजेता बनेकाे छ । दुवै टाेली सेमिफाइनल प्रवेश गरेका छन् ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोलले हराएको थियो । भारतले पनि भुटानलाई ३-० गाेलले हराएको थियो । दुवै खेल हारेकाे भुटान भने प्रतियाेगिताबाट बाहिरिसकेकाे छ ।

यस्तै आजै हुने दोस्रो खेलमा श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । अब नेपालले सेमिफाइनलमा आउँदाे साेमबार श्रीलङ्का वा माल्दिभ्सबीचकाे खेलकाे विजेतासँग खेल्नेछ । भारतले भने सेमिफाइनलमा सोमबार नै समूह ‘ए’ को विजेता बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १८:४०