१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दश हजार नमूना परीक्षणमा ४४ जनामा सिकलसेल


२४ भदाै, बाँके । बाँकेको कोहलपुर नगरपालिकाले सिकलसेलको नमूना परीक्षण सुरु गरेको छ । एक महिनादेखि कोहलपुर नगरपालिकाका १५ वटै वडामा सिकलसेलका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।

आज कोहलपुर–२ मा सिकलसेलको नमूना परीक्षण गरिएको कोहलपुरका स्वास्थ्य शाखाका प्रमुख अनिल सेनले बताउनुभयो । उहाँका अनुसार थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी कोहलपुरमा के कति मात्रामा छन् भन्ने विषयमा बुझ्नका लागि गाउँगाउँमा गएर सिकलसेल एनमियाको नमूना परीक्षण र उपचार भइरहेको छ ।

कोहलपुर नगरपालिकाका सिकलसेल स्थानीय स्रोत व्यक्ति शिव गौतमले कोहलपुरमा २२ हजारभन्दा बढीको सङ्ख्यामा थारु समुदाय रहेको बताउनुभएको छ । “कोहलपुरमा १० हजार नमूना परीक्षण गरिसक्यौँ”, उहाँले भन्नुभयो, “तीमध्ये ४४ जनामा सिकलसेल, २० जनामा विटाथालेसेसिया र आठ सय ३१ जनामा बहाक रोग देखिएको छ ।”

वडाध्यक्ष हरि कठायतले विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरी घरघरमा नै सेवा प्रवाह गर्नेतर्फ वडा कार्यालय लागेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ०७:४१