१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


२३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हाे ।

लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ । लामिछाने हाल देश बाहिर छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १५:१३