१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एसिया कप क्रिकेट: भारतसँग श्रीलंका पराजित


२२ भदाै, काठमाडाैँ । युएईमा जारी टी–२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतमाथि ६ विकेटको रोमान्चक जित निकालेको छ ।

लगातार दोस्रो जितसंगै श्रीलंकाको फाइनल समीकरण सहज बनेको छ । लगातार दोस्रो हार बेहोरेको भारतको सम्भावना झिनो बनेको छ । भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पाच विकेटले पराजित भएको थियो ।

१ सय ७४ रनको विजयी लक्ष्य पाएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाएर विजयी भयो । श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले सर्वाधिक ५७ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चहलले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रनमा आउट भए । सूर्यकुमार यादवले ३४ रनको योगदान गरे । श्रीलंकका बलर दिलशान मदुशनकाले ३ विकेट लिए ।

अब, भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०९:१०