१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

केन्यासँगकाे एकदिवसीय शृङ्खलामा नेपालकाे ‘क्लिन स्वीप’


२० भदौ, काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको अन्तिम खेलमा ६ विकेटको जित नियकालेर नेपालले क्लिन स्विप गरेको हो । केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको थियो । नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले। अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए । वसिर ५२ रनमा अविजित रहे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए। ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।

केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १/१ विकेट लिएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो ।

केन्याका लागि कोलिन्स अबुयाले ८४ रन जोडे। लुकास एनडानडासन ५९ रन, सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचेले १७ रनमा आउट भएका थिए। नेपालका सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट लिएका थिए । वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए ।

नेपालले केन्याविरुद्धका दुवै सिरिजमा नेपाल विजयी भएको छ । नेपालले यसअघि पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज पनि नेपालले जितेको थियो । यसमा तीन खेल जितेको नेपाल दुई खेलमा भने पराजित भएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार २०:२९