१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अक्टोवर ८ र ९ एडिलेडमा दशै कप हुदै


२० भदाै, एडिलेड । एडिलेड खुकुरी फुटवल क्लबको आयोजनामा आगामी अक्टोवर ८ र ९ मा बुमेराङ दशै कप २०२२ हुने भएको छ | यस अन्तर राज्य फुटवल प्रतियोगितामा १४ देखी १६ टिमको सहभागी हुने क्लवका महासचिब राजन लामिछानेले बताए | सेप्टेम्वरको दोस्रो साता सम्म टिम दर्ता गर्ने समय रहेको बताउदै लामिछानेले हाल सम्म सिड्नी र मेलवर्नका एक एक टिमले सहभागिता जनाउने निश्चित गरेको बताए ।

उनले भेट्रान समुह तर्फ ६ देखी ८ टिम र बालबालिका तर्फ विगत बर्षहरुमा जस्तै एडिलेड नेपाली विद्यालय र नेपाली पाठशाला एडिलेडले सहभागिता जनाउने समेत बताए |
२०१३ बाट शुरु गरिएको दशै कपमा यस वर्ष स्थानिय एडिलेड सिटी काउन्सिलले समेत सहयोग गर्ने भएको छ । ग्रिन हिल रोडको पार्क १९ मा संचालन हुने खेलको विजेता टिमलाई कप, मेडल तथा अष्ट्रेलियन डलर ६५००, दोस्रालाई कप, मेडल तथा अष्ट्रेलियन डलर २००० र तेस्रोलाई कप, मेडल तथा अष्ट्रेलियन डलर १००० प्रदान गरिने भएको छ ।
आइतवार एक कार्यक्रम विच प्रतियोगिताको पोष्टर सार्वजनिक गरिएको थियो । महासचिव लामिछानेले प्रतियोगिता नेपालीहरुका विचमा भाईचारा बढाउने तथा अन्य गैरनेपाली समुदायमा नेपाल र नेपाली चाड पर्व संस्कृति वारे जानकारी दिनुका साथै यहाँ हुर्केको नया पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नका लागि प्रत्यक वर्ष आयोजना गर्ने गरिएको बताए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १५:३०