१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सरकारलार्इ अस्थिर बनाउन चाहनेले मन्त्रिमण्डल हेरफेरको हल्ला चलाएः प्रधानमन्त्री अोली


२३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन । प्रधानमन्त्री अोलीले रकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको  बताए । जिल्ला समन्वय समिति महासंघ नेपालले शनिबार आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरतालार्इ पक्षपोषण गर्ने यस्ता हल्लाले केही हुनेवाला छैन ।

यसअघि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अाफ्नो भारत भ्रमणको पूर्वसन्ध्यामा खुमलटारस्थित निवासमा तत्कालीन माअोवादी निकट पत्रकारहरूलार्इ बाेलाएर मन्त्रिमण्डल हेरफेर हुने भ्रम बाँडेका थिए । त्यसपछि सञ्चारमाध्यममा भाइरहेको विषयमा प्रधानमन्त्री अोलीले भने तत्काल कसैको पनि हेरफेर नहुने बताए ।

प्रचण्ड भारत भ्रमणका क्रममा हुने अाफ्नो राजनीतिक भेटघाटलार्इ सहज बनाउन यस्तो हल्ला चलाएको हुन सक्ने अनुमान गरिएको छ । वर्तमान सरकारका केही मन्त्रिसँग भारत असन्तुष्ट रहेको सन्दर्भमा प्रचण्डले त्यस्तो हल्ला चलाएको हुन सक्ने नेकपाकै एक नेताले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १३:५६