१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बिमा कम्पनीले कमाए १५ अर्ब बढी बिमा शुल्क


१९ भदाै, काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बिमा कम्पनीहरुले १५ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन्। बिमा समितिले सार्वजनिक गरेको साउन महिनाको तथ्यांक अनुसार सञ्चालनमा रहेका १९ वटा जीवन बिमा कम्पनीहरुले १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

वित्तीय विवरण अनुसार साउन महिनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा कुल ४ अर्ब ७७ करोड ३६ लाख बिमा शुल्क आर्जन गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । कम्पनीले यो अवधिमा १ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । चालु आर्थिक वर्षको साउन महिनामा कम्पनीले १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी एसियन लाइफ इन्स्योरेन्सले यो अवधिमा ७० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने सुर्या लाइफ इन्स्योरेन्सले ५४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा थोरै महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा शुल्क आर्जन गरेको छ । यो अवधिमा कम्पनीले १६ करोड ४६ लाख रुपैयाँ मात्रै कुल बिमा शुल्क आर्जन गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १२:३७