१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चीनले भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने


७ भदाै, काठमाडाैँ । चीनले सोमबार बेइजिङको कडा कोभिड प्रतिबन्धका कारण दुई वर्षदेखि घरमा फसेका सयौँ भारतीय विद्यार्थीहरूलाई भिसा जारी गर्ने योजनाको घोषणा गरेको छ । साथै भारतीयहरूलाई व्यापार भिसा सहित विभिन्न प्रकारका यात्रा अनुमतिका योजना पनि सार्वजनिक गरेको छ ।

‘भारतीय विद्यार्थीहरूलाई हार्दिक बधाई ! तपाईंको धैर्य सार्थक साबित भयो । म साँच्चै तपाईंको उत्साह र खुशी बाँड्न सक्छु । चीनमा फेरि स्वागत छ!’ चीनको परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागका काउन्सिलर जी रोङले ट्वीट गरेकी छिन् ।

उनको ट्वीटले नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले विद्यार्थी, व्यवसायी र चीनमा काम गर्ने परिवारका लागि भिसा खोल्ने घोषणा गरेको बुझिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०७:०१