१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अन्तरघाती माथिको कारबाही ठूलै नेताबाट सुरू हुन्छः नेता कोइराला


२२ भदाै, मोरङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताउनुभएको छ ।

वीपी कोइरालाको १०४औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेस मोरङ क्षेत्र–६ द्वारा बिहीबार यहाँ आयोजित विचार गोष्ठीमा उहाँले पार्टीलाई असहयोग गर्ने नेता कार्यकर्तालाई कारवाही गर्न काङ्ग्रेसले खुट्टा नकमाउने प्रष्ट पार्नुभयो ।

तीनै तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा पराजित हुनु परेको उहाँले भन्नुभयो । केन्द्रीय सदस्य डा डिला संग्रौलाले वीपीका आदर्श र सिद्धान्तलाई सँगै लिएर अगाडि बढे काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी हुने धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ०७:३३