२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

पाँचौँ दक्षिण एसियन किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली भुटान प्रस्थान


२ भदाै, काठमाडाैँ । भुटानमा आयोजना हुने पाँचौँ दक्षिण एसियन किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । भुटान जाने टोलीमा तीन अफिसियल र छ खेलाडी गरी नौ जना छन् ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ नेतृत्वको टोलीमा जगतबहादुर धामी, कसिसकुमारी क्षेत्री, सिवानी श्रेष्ठ, कविन देशार, भुवन हायु, जयराम ब्लोन, मुकेश लुइँटेल खत्री र दलबहादुर घले छन् । भुटानको फुएनसोलिगमा अगष्ट २० र २१ तारिखमा हुने च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र इन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार २०:१६