१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौलिक हकका सबै विधेयक असोज २ गतेभित्र संसदबाट पास हुन्छः सभामुख महरा


२१ भदाै, काठमाडाैँ । सभामुख कृष्णबहादुर महराले मौलिक हक अन्र्तगतका सबै विधेयक असोज २ गतेभित्र संसदबाट पास भईसक्ने दाबी गरेका छन । सिंहदरबारमा बिहिबार पत्रकार सम्मेलन गरी सभामुख महराले निर्धारित समय भित्रैसबै दलसंगको सहमतिमा नै विधेयक पारित हुने स्पष्ट पारे ।

प्रतिनिधिसभातर्फका विधेयकको वर्तमान अवस्थाबारे जानकारी दिँदै सभामुख महराले मौलिक हक अन्र्तगतका आवश्यक १० वटा विधेयकहरु आगामी असोज २ गते भित्र नै संसदले पारित गर्ने बताए । कतिपय विधेयक समितिमा छलफलको अवस्थामा रहेका र केहीलाई विहिबार नै प्रतिनिधिसभाले सम्बन्धीत समितिमा पठाउने भन्दै उनले निर्धारित समयमै सबै विधेयक आउने दाबी गरे ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार १५:५४