१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

साफ च्याम्पियनसिपः नेपालले कप्तान परिवर्तन गर्यो, विराजको ठाउँमा किरणलार्इ जिम्मा


२१ भदाै, काठमाडाैँ । जारी साफ च्याम्पियनसिपमा नेपाल आफ्नो दोस्रो खेलअन्तर्गत भुटानविरुद्ध मैदान उत्रनु अघि खेलाडी परिवर्तन गरिएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेलमा नेपालले आफ्नो कप्तान परिवर्तन गरेको हो ।

नेपालका यसअघिका कप्तान विराज महर्जनलाई परिवर्तन गरि किरण चेमजोङलाई कप्तानी सुम्पिएको हो । भुटानविरुद्धको खेलमा नेपालले खेलाडीसँगै आफ्नो फर्म्याट समेत परिवर्तन गरेको छ । खेलाडीमा विराजसहित नवयुग श्रेष्ठ र भरत खवासलाई परिवर्तन गरेको छ ।

डिफेन्डरमा विराजको स्थानमा दिनेश राजवंशी आएका छन् भने नवयुग श्रेष्ठको स्थानमा सुजल श्रेष्ठ र भरत खवासको ठाउँमा सुनिल बल टिममा पर्न सफल भएका छन् । यसअघि पाकिस्तानको खेलमा मिडफिल्डबाट खेलेका बिमल घर्ती मगर भुटानविरुद्धको खेलमा एक मात्र्र फरवार्डबाट खेल्ने छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार १५:५०